Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कोरोना संक्रमणबाट बाबु छोराको ज्यान गयो

कोरोना संक्रमणबाट बाबु छोराको ज्यान गयो


  • 4.7K
    Shares

    कोरोना संक्रमणबाट बाबु छोराको ज्यान गयो

    झापा । कोरोना संक्रमणबाट झापा जिल्लाको भद्रपुर नगरपालिकाका एकै परिवारका बाबु छोराको ज्यान गएको छ । कोरोना संक्रमणबाट छोराको मृत्यु भएको एक सातापछि बुबाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    भद्रपुर नगरपालिका वडा न  ४ निवासी ७६ वर्षीय सुरेनचन्द्र राजवंशीको कोरोना संक्रमणबाट मङ्गलवार बिहान ४ बजे होम आइसोलेसनमै मृत्यु भएको मृतकका आफन्तले जानकारी दिएका छन् । परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि उनको  शुक्रवार मेची अञ्चल अस्पतालमा पीसीआर परीक्षण गराइएको थियो।

    पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आए पश्चात्  उनी होम आइसोलेसनमा बसेका थिए । होम आइसोलेसनमै रहेको अवस्थामा आज  मङ्गलवार  उनको मृत्यु भएको हो ।

    मृतक सुरेनचन्द्रका छोराको  पनि गत वैशाख २८ गते कोरोनाकै कारण मृत्यु भएको हो  । वैशाख २८  गते उनका ४८ वर्षीय  छोरा अनुप राजवंशीको पनि कोरोना भाइरस संक्रमणका  कारण मृत्यु भएको थियो ।

    एक साता होम आइसोलेसनमा बसेका उनको श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको थियो । उपचारका क्रममा उनको मेची कोभिड उपचार केन्द्रमा मृत्यु भएको थियो ।

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - १७:२०:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij