२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेता कोइरालाले मंगलबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
यसअघि उनले यसै निर्वाचन क्षेत्रबाट नेकपा एमालेका लालबाबु पण्डितलाई पराजित गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij