२०८२ माघ ७ गते बुधवार
काठमाडौं । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग्ने आदेश गरेको छ ।
मंगलबार सहकारी ठगी मुद्दामा लामिछानेलाई पर्सा जिल्ला अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको इजलासले १ करोड धरौटी माग्ने आदेश गरेको हो ।
धरौटी बुझाउने प्रक्रियामा रहेको पर्सा जिल्ला अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिएका छन् ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij