Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिवद्ध छः गृहमन्त्री

निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिवद्ध छः गृहमन्त्री


  • 673
    Shares

    निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिवद्ध छः गृहमन्त्री

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकार निष्पक्ष भएर निर्वाचन गराउन प्रतिवद्ध रहेको बताएका छन् । मंगलवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले कसैको पक्षधरता नलिने बताएका हुन् । 

    उनले सुशासनको बाहेक अन्य कुरामा सकैको पक्षधरता नलिने बताएका छन् । संवैधानिक व्यवस्थाअनुसार संसद विघटन भएको ६ महिनाभित्रमा निर्वाचन गर्नुपर्ने भएकोले सरकार सोही बाटोमा अगाडी बढेको उनले जानकारी दिएका छन्। उनले सबै पक्षको विश्वास जितेर सरकारले निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकारलाई सत्ता हस्तन्तरण गर्ने बताएका छन् ।

    फागुन २१ गतेको निर्वाचन कुनै हालतमा नसर्ने उनको भनाई छ । हिमपात लगायतका केही समस्या आएमा केही ठाउँहरुमा स्थगन हुने उनले बताएका छन् । विगतमा पनि स्थगन हुने गरेकोले त्यसलाई ठूलो समस्याको रुपमा लिन नहुने उनको भनाई छ ।
     
    उनले प्रहरीहरुको मनोबल हाल उच्च रहेकोले सुरक्षा व्यवस्थामा कुनै समस्या नरहेको पनि बताएका छन् । देशन निर्वाचनको माहोलमा गइरहेको उनको भनाई छ । 

     

    प्रकाशित मिति :माघ ६ २०८२ मंगलवार - १५:०८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij