Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहनेछ मौसम ?

पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहनेछ मौसम ?


  • 1.2K
    Shares

    पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहनेछ मौसम ?

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। 

    गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

    आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

    आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    प्रकाशित मिति :माघ ६ २०८२ मंगलवार - ०७:५४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij