Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

मनोनयनको मिति सर्दैन, आचारसंहिता बाहिर गतिविधि नगर्नूः रामप्रसाद भण्डारी

मनोनयनको मिति सर्दैन, आचारसंहिता बाहिर गतिविधि नगर्नूः रामप्रसाद भण्डारी


  • 1.1K
    Shares

    मनोनयनको मिति सर्दैन, आचारसंहिता बाहिर गतिविधि नगर्नूः रामप्रसाद भण्डारी

    काठमाडौं । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मनोनयनको मिति नसर्ने स्पष्ट पारेका छन्। निर्वाचन आयोगले ४ महिनाअघि प्रकाशित कार्यतालिकाअनुसार नै निर्वाचन सम्पन्न हुने र मनोनयन पनि माघ ६ गते नै हुने बताएका हुन्। 

    सोमवार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दाखिल गर्नसक्ने बताएका छन् । निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ माघ ४ गते राति १२ बजेबाट नै लागू भइसकेको बताउँदै आचारसंहिताले नदिएका कार्यहरु नगर्न सचेत गराएका छन् । 

    अब कुनैपनि विषयवस्तुलाई पर सार्ने, संशोधन गर्ने, थप्ने, घटाउने लगायतका कामहरु निर्वाचन आयोगबाट नहुने बताएका छन् । तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु सबैको निष्ठा र दायित्व भएको बताएका छन् ।

    उनले भने, ‘अब भोलि माघको ६ गते जो जो चुनिन चाहनुहुन्छ, उहाँहरुको मनोनयन पत्र दाखिल गर्ने समय हो बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म । त्यो प्रयोजनका लागि निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेबाट आचारसंहिता लागू गर्ने भनेर आचारसंहितासमेत लागू भइसकेको अवस्था हो । अब सबै कार्यक्रम प्रकाशित भएर चार महिनाअघि प्रकाशित कार्यतालिकाअनुसार कार्य सम्पादन भएको र अब कुनैपनि विषयवस्तुलाई पर सार्ने, संशोधन गर्ने, थप्ने, घटाउने लगायत विषयवस्तु सकिसकेको हुनाले तोकिएकै समयमा चुनिन चाहने दलका स्वतन्त्र उम्मेदवारहरुले भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन पत्र दाखिल गर्नुहुन्छ । तोकिएकै समयमा मनोनयन पत्र दाखिल हुन्छ र निर्वाचन सम्पन्न हुन्छ । आयोगले निर्धारण गरेको समयभित्र मनोनयन पत्र दाखिल हुनुपर्छ । दाखिल भइसकेपछि जाँचबुझ गर्ने प्रक्रिया आफ्नो ठाउँमा रहन्छन् । परिवर्तन हुँदैन । तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु सबैको निष्ठा र दायित्व हो ।’

    लोकतन्त्रको सुन्दर पक्ष भनेको नै चुन्ने र चुनिने अधिकार भएको बताएका छन् भने निर्वाचन सुसम्पन्न गर्न सबै सरोकारवालाहरुको भुमिका महत्वपूर्ण रहेको बताएका छन् ।

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - १७:३०:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij