Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

चार वर्ष काठमाडौंको मेयर भएर काम गर्दा भाषण दिने फुर्सद भएनः बालेन्द्र साह

चार वर्ष काठमाडौंको मेयर भएर काम गर्दा भाषण दिने फुर्सद भएनः बालेन्द्र साह


  • 1.3K
    Shares

    चार वर्ष काठमाडौंको मेयर भएर काम गर्दा भाषण दिने फुर्सद भएनः बालेन्द्र साह

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले रास्वपाले संघीयतालाई अझ बलियो बनाएर लैजाने बताए । जनपुरधाममा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए। 

    उनले प्रदेशको काम अझ राम्रो र बलियो बनाउने आफूहरुको उद्देश्य रहेको बताए । जनकपुर मधेस प्रदेशको राजधानी भएपनि अधिकारका लागि काठमाडौं धाउने गरेको आफूले देखेको र महानगरको प्रमुख हुँदा मुकदर्शक मात्रै बनेको बताए । उनले काठमाडौं अधिकार माग्न नभइ घुम्न मात्रै जाने स्थिति निर्माण आफूहरुले गर्ने बताए।
     
    उनले भने, ‘म जनकपुर आएपछि धेरैले भने राष्ट्रिय स्वतन्त्र पार्टीको संघीयताप्रतिको धारणा के हो ? प्रदेश अझै बलियो बनाउँछौँ । प्रदेशको काम अझ राम्रो बनाउनेछौँ । जनकपुर प्रदेशको राजधानी हो । काठमाडौं कामका लागि किन धाउने ? संघीयतालाई अझ बलियो बनाउने गरी हामी लाग्नेछौँ । काठमाडौं अधिकार माग्न जाने होइन, घुम्न जाने हो । अधिकार माग्नका लागि काठमाडौं जानुपर्ने बाध्यता हटाउनुपर्छ ।’

    उनले चार वर्ष काठमाडौं महानगरपालिकाको मेयर भएर काम गर्दा भषण दिने फुर्सद नभएको बताए । 

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - १७:०३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij