Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

चार वर्ष काठमाडौंको मेयर भएर काम गर्दा भाषण दिने फुर्सद भएनः बालेन्द्र साह

चार वर्ष काठमाडौंको मेयर भएर काम गर्दा भाषण दिने फुर्सद भएनः बालेन्द्र साह


  • 1.0K
    Shares

    चार वर्ष काठमाडौंको मेयर भएर काम गर्दा भाषण दिने फुर्सद भएनः बालेन्द्र साह

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले रास्वपाले संघीयतालाई अझ बलियो बनाएर लैजाने बताए । जनपुरधाममा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए। 

    उनले प्रदेशको काम अझ राम्रो र बलियो बनाउने आफूहरुको उद्देश्य रहेको बताए । जनकपुर मधेस प्रदेशको राजधानी भएपनि अधिकारका लागि काठमाडौं धाउने गरेको आफूले देखेको र महानगरको प्रमुख हुँदा मुकदर्शक मात्रै बनेको बताए । उनले काठमाडौं अधिकार माग्न नभइ घुम्न मात्रै जाने स्थिति निर्माण आफूहरुले गर्ने बताए।
     
    उनले भने, ‘म जनकपुर आएपछि धेरैले भने राष्ट्रिय स्वतन्त्र पार्टीको संघीयताप्रतिको धारणा के हो ? प्रदेश अझै बलियो बनाउँछौँ । प्रदेशको काम अझ राम्रो बनाउनेछौँ । जनकपुर प्रदेशको राजधानी हो । काठमाडौं कामका लागि किन धाउने ? संघीयतालाई अझ बलियो बनाउने गरी हामी लाग्नेछौँ । काठमाडौं अधिकार माग्न जाने होइन, घुम्न जाने हो । अधिकार माग्नका लागि काठमाडौं जानुपर्ने बाध्यता हटाउनुपर्छ ।’

    उनले चार वर्ष काठमाडौं महानगरपालिकाको मेयर भएर काम गर्दा भषण दिने फुर्सद नभएको बताए । 

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - १७:०३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij