२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना र सञ्चारमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिने तयारी गरेका छन् । खरेल रास्वपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने तयारीमा छन् ।
स्रोतका अनुसार अहिले केहीबेरमा मन्त्री पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवारको टिकट लिन लागेका हुन् । ललितपुर बालकुमारीका स्थायी बासिन्दा रहेका खरेलले साँझ ५ बजे पत्रकार सम्मेलन गर्दैछन् ।
उनी ललितपुर–२ बाट उम्मेदवारी दिने तयारी गरेको स्रोतको दाबी छ । फागुन २१ मा निर्वाचन गराउने जिम्मेवारीसाथ उनी सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए ।
सरकारमा रहेर रास्वपामैत्री रहेका आरोप लागेका खरेललाई प्रधानन्त्री कार्कीले राजीनामा दिन सुझाव दिएकी थिइन् । आझै खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिइसकेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij