Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

भन्सार छलेर ल्याइएको लत्ताकपडा र चिनी बरामद

भन्सार छलेर ल्याइएको लत्ताकपडा र चिनी बरामद


  • 6.2K
    Shares

    भन्सार छलेर ल्याइएको लत्ताकपडा र चिनी बरामद

    विराटनगर । भारतबाट भन्सार छलेर ल्याएको लत्ताकपडा र चिनी प्रहरीले विराटनगर महानगरपालिकाबाट बरामद गरेको छ ।

    भन्सार छलेर ल्याएको लत्ताकपडा र चिनीसहित १ लाख ६४ हजार मूल्य पर्ने सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता (डिएसपी) मान बहादुर राईले बताए ।

    विराटनगर महानगरपालिका–१७ स्थित दरैयाबाट सुधीरकुमार महतोले ल्याएको ४ बोरा कपडा सिमानाबाट नेपालतर्फ ल्याएर टेम्पोमा लोड गरिरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो । सो तयारी कपडाको मूल्य १ लाख ५६ हजार रहेको छ ।

    विराटनगर महानगरपालिका–१७ स्थित मटेरुवाबाट प्रहरीले १ सय ६० किलो चिनी बरामद गरेको छ । जोगवनीबाट चिनी नेपाल ल्याउँदै गरेको समूह प्रहरीलाई देखेपछि भागेको डिएसपी राईले बताए ।

    आवश्यक कारवाहीका लागि बरामद सामान प्रहरीले भन्सार कार्यालय रानीमा बुझाएको छ । 

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - १६:४६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij