Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

उम्मेदवार चयनमा सहमति गर्न कांग्रेसका तीन गुट निरन्तर वार्तामा

उम्मेदवार चयनमा सहमति गर्न कांग्रेसका तीन गुट निरन्तर वार्तामा


  • 1.6K
    Shares

    उम्मेदवार चयनमा सहमति गर्न कांग्रेसका तीन गुट निरन्तर वार्तामा

    काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार छनोट गर्न पार्टीभित्रका तीन गुटको बैठक निरन्तर जारी रहेको छ ।

    आइतबार रातिबाट सुरु गरिएको छलफलमा सहमति नजुट्दा सोमबार बिहान ११ बजेका लागि संसदीय बोर्डको बैठक बोलाइएको थियो । तर अहिलेसम्म पनि बस्न सकेको छैन ।

    आइतबार राति देउवा पक्षबाट नेता रमेश लेखक, डा। शेखर कोइराला समूहबाट डा। मिनेन्द्र रिजाल र विशेष महाधिवेशनबाट स्थापित नेतृत्वको पक्षबाट प्रवक्ता देवराज चालिसे र केन्द्रीय सदस्य मधु आचार्यले छलफल गरेका छन् ।

    सोमबार बिहान भने देउवा पक्षले आफ्नो तर्फका वार्ताकार परिवर्तन गरेको छ । निवर्तमान सभापति शेरबहादुर देउवाले लेखकलाई हटाएर बालकृष्ण खाणलाई वार्ताका लागि पठाएका छन्। सहमहामन्त्री उदय शमशेर राणाले सहमति जुटाउन वार्ता भइरहेकाले संसदीय बोर्ड बैठक अहिलेसम्म बस्न नसकेको जानकारी दिएका छन् । 

     

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - १४:३४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij