Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

पूर्णबहादुर खड्का चुनाव नलड्ने, कांग्रेस उम्मेदवारलाई जिताउन खटिने

पूर्णबहादुर खड्का चुनाव नलड्ने, कांग्रेस उम्मेदवारलाई जिताउन खटिने


  • 1.0K
    Shares

    पूर्णबहादुर खड्का चुनाव नलड्ने, कांग्रेस उम्मेदवारलाई जिताउन खटिने

    काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का निर्वाचन नलड्ने भएका छन् । पछिल्लो घटनाक्रमपछि उनी २१ फागुनमा हुन गइरहेको निर्वाचन नलड्ने भएका हुन् ।

    निवर्तमान कार्यवाहक सभापति खड्का सुर्खेत-१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिसमा परेका थिए । उनीनिकट स्रोतले खड्का निर्वाचन नलड्ने पुष्टि गरेको छ ।

    नेता खड्काले सर्वोच्च अदालतमा दाय गरेको मुद्दामा जुनसुकै फैसला आए पनि कांग्रेसलाई एकढिक्का बनाउन लाग्ने आफूनिकट नेताहरूसँग बताएका छन् ।  

    खड्का २०७९ को निर्वाचनमा सुर्खेत-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी भन्दा ११ हजार ६१९ बढी मत प्राप्त गरेर विजयी भएका थिए। 

     

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - १४:०९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij