Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

राप्रपाले सोमवार नै सबै क्षेत्रको उम्मेदवार टुंग्याउने

राप्रपाले सोमवार नै सबै क्षेत्रको उम्मेदवार टुंग्याउने


  • 659
    Shares

    राप्रपाले सोमवार नै सबै क्षेत्रको उम्मेदवार टुंग्याउने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीले सोमवार नै सबै क्षेत्रको उम्मेदवार टुंग्याउने बताएका छन् । सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याएर सार्वजानिक गर्ने बताएका हुन्। 

    उनले देश अब निर्वाचनतर्फ अगाडी बढेको बताएका छन् । निर्वाचनको लागि राप्रपा पूर्ण तयारी भएको पनि उनले बताएका छन् । उनले आगामी निर्वाचनलाई आन्दोलनको अभिन्न अंगको रुपमा प्रयोग गर्ने बताएका छन् । उनले आगामी निर्वाचनलाई नेतृत्व परिवर्तनको मात्रै नभई व्यवस्था परिवर्तनको लागि सदुपयोय गर्नुपर्नेमा जोड दिएका छन्। 

    उनले भने, ‘मुलुक अब जबरजस्त चुनावतर्फ अगाडी सरिसकेको छ । यस सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आजै आफ्ना उम्मेदवारहरुको पूर्ण सूचि केही समयपछि सार्वजानिक गर्नेगरि टुंगो लगाउँदैछ । हामी पनि चुनावमा तयारी भएर अगाडी आएका छौँ । प्रजातान्त्रिक पार्टी भएको नाताले चुनावमा सहभागी हुने, सहभागी हुने मात्रै होइन चुनावलाई आन्दोलनको अभिन्न अंगको रुपमा प्रयोग गर्ने निष्कर्षमा पुगेर हामीले चुनावको प्रारम्भ शुरु गरिसकेका छौँ र चुनावको लागी हामी पूर्ण तयारी भएका छौँ ।’ 

    उनले देशको राष्ट्रवादी शक्तिको नेतृत्व राप्रपाले मात्रै गर्ने पनि दाबी गरेका छन्। राजसंस्था, सनातनी हिन्दुराष्ट्र र राष्ट्रवादी मान्यतालाई अंगाल्ने शक्तिहरु राप्रपामा धुव्रिकृत भइरहेको पनि जानकारी दिएका छन् । कार्यक्रममा पत्रकार गजेन्द्र वुढाथोकी, कानून व्यवसायी भद्रप्रसाद नेपाल लगायत राप्रपामा प्रवेश गरेका थिए । बुढाथोकी राप्रपाको समानुपातिक सूचिमा छन् भने नेपाललाई झापा क्षेत्र नम्बर २ बाट राप्रपाले उम्मेद्वार बनाउने भएको छ । 

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - १३:३०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij