Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

बहुसंस्कृति र पर्वहरूले आपसी एकता सिकाएको छ : अध्यक्ष ओली

बहुसंस्कृति र पर्वहरूले आपसी एकता सिकाएको छ : अध्यक्ष ओली


  • 554
    Shares

    बहुसंस्कृति र पर्वहरूले आपसी एकता सिकाएको छ : अध्यक्ष ओली

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । 

    उनले आज सामाजिक सञ्जालमार्फत तामाङ समुदायको यो प्रमुख पर्वले नेपाली समाजमा उज्यालो छरेको बताएका हुन् । तामाङ समुदायको नयाँ वर्षका रूपमा मनाइने यस दिनले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने उनको विश्वास छ ।

    हिमालको काखमा जन्मिएको नेपालको बहुसंस्कृतिले धेरै मौलिक पर्वहरू उपहार दिएको चर्चा गर्दै अध्यक्ष ओलीले यस्ता सांस्कृतिक उत्सवले नै नेपालीहरूलाई आपसी एकतामा रहन सिकाएको उल्लेख गरे । उनले तामाङ समुदायको विशिष्ट जीवनदर्शन, समृद्ध भाषा, मौलिक वेषभूषा तथा नृत्य र सङ्गीतको सौन्दर्य नै सोनाम ल्होसार पर्वको मुख्य पहिचान भएको बताएका छन् ।

     

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - १२:४२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij