Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सोनाम ल्होसारको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा शुभकामना

सोनाम ल्होसारको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा शुभकामना


  • 568
    Shares

    सोनाम ल्होसारको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा शुभकामना

    काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले तामाङलगायत हिमाली र पहाडी आदिवासी जनजाति समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार-२८६२ (ता ल्हो) को अवसरमा शुभकामना व्यक्त गरेकी छन् । उनले घोडा वर्षको यस पावन घडीमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण समुदायमा सुख र शान्तिको कामना गरेकी हुन् ।

    तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने यो पर्व प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन पर्छ । यस विशेष दिनमा तामाङ समुदायभित्र कुल पूजा र प्रकृति पूजा गर्ने तथा बुद्धका सन्देशहरूलाई स्मरण गर्ने परम्परा छ । साथै, आफन्तजन र इष्टमित्रहरू एकै ठाउँमा भेला भई मनोरञ्जनका साथ आपसी खुसी साटासाट गरेर यो पर्व मनाउने गरिन्छ ।

    नेपालमा तामाङ समुदायका अतिरिक्त ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका आदिवासी जनजातिहरूले समेत यो पर्वलाई निकै उल्लासका साथ मनाउँछन् । सोनाम ल्होसारका अवसरमा प्रदर्शन गरिने मौलिक सेलो नृत्य, गीत, डम्फु जस्ता वाद्यसंगीत र परम्परागत परिकारहरू नेपाली संस्कृतिका महत्त्वपूर्ण धरोहरका रूपमा रहेका छन् ।

     

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - १२:३६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij