Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सञ्चालनमा आयो आयोगको कल सेन्टर, ११०२ मा फोन गर्न सकिने

सञ्चालनमा आयो आयोगको कल सेन्टर, ११०२ मा फोन गर्न सकिने


  • 505
    Shares

    सञ्चालनमा आयो आयोगको कल सेन्टर, ११०२ मा फोन गर्न सकिने

    काठमाडौं । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सोमबारदेखि कल सेन्टर स्थापना गरेको छ । केन्द्रीय कार्यालय कान्तिपथस्थित आयोग परिसरमा कल सेन्टरको स्थापना गरिएको हो । 

    निर्वाचनको सिलसिलामा मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा सुनुवाइका लागि कल सेन्टरको स्थापना गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन् । 

    आयोगले कल सेन्टरमा ६ वटा डेस्कमार्फत सेवा प्रदान गर्ने भएको छ । निःशुल्क टोल–फ्री नम्बर ११०२ मा कल गरेर मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा राख्ने सक्नेछन् । 

     

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - १२:३१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij