Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

ओली र बालेन आजै झापा जाँदै

ओली र बालेन आजै झापा जाँदै


  • 799
    Shares

    ओली र बालेन आजै झापा जाँदै

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व मेयर बालेन शाह निर्वाचन क्षेत्रमा झापा जान थालेका छन् ।  

    झापा निर्वाचन क्षेत्र ५ बाट उम्मेदवारी दिने तयारी स्वरुप ओली झापा जान लागेको उनको सचिवालयले जनाएको छ । एमालेले उनलाई आगामी प्रधानमन्त्रीको उम्मेदवारमा झापा-५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा-५ मा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन शाह उम्मेदवार उम्मेदवार बन्दैछन् । माघ ६ गते उम्मेदवारी दिन शाह आइतबार नै जनकपुर पुगेका छन् । शाह आज सोमबार झापा जाने तयारी स्वरुप आइतबार जनकपुर पुगेका हुन् । रास्वपाले शाहलाई आगामी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ ।  

     

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - १२:०९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij