२०८२ माघ ७ गते बुधवार
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन् । प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेले राजीनामा दिएपछि वरिष्ठताको आधारमा जोशीले नगर प्रहरीको कमान्ड सम्हालेका हुन् ।
काठमाडौं महानगरको विपद् व्यवस्थापन प्रमुख, मध्ये क्षेत्र कमान्ड प्रमुख जस्ता पद सम्हालेका जोशी यस अघि पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले निलम्बन गर्दा पनि निमित्त भएर काम गरेका थिए ।
पाण्डेको राजीनामा स्वीकृत भएसँगै जोशीले आजबाट औपचारिक रूपमा नगर प्रहरी प्रमुखको पद सम्हालेका हुन् । उनले पदभार ग्रहण गर्दै नगर प्रहरीका सिनियर अधिकृतहरूसँग छलफल तथा निर्देशन दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij