२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचन आचारसंहिता लाग्नुअघि नै ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ। प्रधान कार्यालयस्थित मानवश्रोत विकास विभागले एक सूचना जारी गर्दै ४८ जना एसपीको सरुवा गरेको हो।
विभागले आवश्यकतानुसार सरुवा गर्नुपरेको जनाउँदै २०८२ साल माघ महिनादेखिकै तलब तथा भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी निर्णय गरेको छ।
आचारसंहिता लागू भएपछि कर्मचारी तथा सुरक्षाकर्मीको सरुवा बढुवा गर्न निर्वाचन आयोगको अनुमति लिनुपर्ने वा रोकिने भएकाले त्यसअगावै प्रहरीले जिल्ला तथा विभागहरूमा कमाण्डर हेरफेर गरेको हो।





© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij