Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

धरानमा बस दुर्घटना ५ जनाको मृत्यु, १२ घाइते

धरानमा बस दुर्घटना ५ जनाको मृत्यु, १२ घाइते


  • 1.5K
    Shares

    धरानमा बस दुर्घटना ५ जनाको मृत्यु, १२ घाइते

    काठमाडौं । धरानमा आज दिउँसो बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । 

    भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको इन्टरनेशनल टेम्स एकेडेमी लेखिएको बस अनियन्त्रित भई दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    बस मेडिलकमा गएर ठोक्किँदा ५ जना यात्रुको घटनास्थलमानै मृत्यु भएको सुनसरी प्रहरी प्रमुख एसपी केशव थेबेले जानकारी दिएका छन् । मृतकको पहिचान खुल्न सकेको छैन । घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

    घटनास्थलमा धरानका डीएसपी भिषणबाबु राईको कमान्डमा २० जना टोलीले उद्धार तथा अनुसन्धान गरिरहेको थेबेले जानकारी दिएका छन् ।

    प्रकाशित मिति :माघ ४ २०८२ आइतवार - १७:४५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij