२०८२ माघ ७ गते बुधवार
काठमाडौं । आम जनता पार्टी (आजपा) र पहिला देश अभियानबीच पार्टी एकीकरण भएको छ । काठमाडौंको कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा आइतबार पाँचबुँदे सहमतिसहित आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरणको घोषणा गरिएको हो ।
सहमतिपत्रमा आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह र अभियानका संयोजक नन्दप्रसाद काप्रीले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मोबाइल चुनाव चिह्नबाट निर्वाचनमा सहभागिता जनाइनेछ ।
यसैबीच, पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेताहरु आजपामा प्रवेश गरेका छन् । दैलेखका विद्या प्रसाद शर्मा र रुपन्देहीका राधेश्याम गुप्तासहितका नेताहरु आजपामा प्रवेश गरेको आजपा सचिवालय सदस्य सुभाष साहले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij