Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

एन्फाको निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश जारी

एन्फाको निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश जारी


  • 834
    Shares

    एन्फाको निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश जारी

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतले आइतबार एन्फाको निर्वाचन र निर्वाचनसम्बन्धी सबै कार्य रोक्न आदेश दिएको हो । 

    एन्फा उपाध्यक्ष विराटजंग शाही, सदस्यद्वय रुपेश अधिकारी र रवीन्द्र चन्दले दिएको रिटमा सुनुवाइ गर्दै उच्चले एन्फाको निर्वाचन रोक्न आदेश दिएको थियो ।

    रिटमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप), एन्फा, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई र एन्फाको निर्वाचन समितिलाई विपक्षी बनाइएको छ ।

    प्रकाशित मिति :माघ ४ २०८२ आइतवार - १७:००:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij