Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सञ्चारमन्त्रीको स्पष्टोक्तिः उम्मेदवार बन्ने/नबन्नेबारे निर्णय लिएको छैन

सञ्चारमन्त्रीको स्पष्टोक्तिः उम्मेदवार बन्ने/नबन्नेबारे निर्णय लिएको छैन


  • 806
    Shares

    सञ्चारमन्त्रीको स्पष्टोक्तिः उम्मेदवार बन्ने/नबन्नेबारे निर्णय लिएको छैन

    काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नेसम्बन्धी कुनै निर्णय नगरेको बताएका छन् । सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णयहरु सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले आफू आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने वा नबन्ने भन्नेबारे कुनै निर्णय लिइ नसकेको जानकारी दिएका छन् । केही दिनयता राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिने चर्चा चलेको थियो । तर यसलाई मन्त्री खरेलले भने हालसम्म कुनै निर्णय नलिइसकेको भन्दै अस्वीकार गरेका छन्। 

    उनले भने, ‘मैले अहिलेको मितिसम्म चुनाव लड्ने अथवा नलड्ने भनेर सार्वजनिक रुपमा भनेको पनि छैन । निर्णय पनि गरेको छैन । अर्को नियमित पत्रकार सम्मेलनमा जानकारी गराउँला ।’

    मन्त्री खरेलले यसबारे अर्को नियमित पत्रकार सम्मेलनमा जानकारी गराउने पनि स्पष्ट पारेका छन् ।

    प्रकाशित मिति :माघ ४ २०८२ आइतवार - १६:५१:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij