२०८२ माघ ७ गते बुधवार
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन्। उनले आज महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोलसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
उपप्रमुखको कार्यालयमा दर्ता भएको उक्त राजीनामा पत्रमा शाहले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् ।
शाहले राजीनामा पत्रमा आजैदेखि लागू हुने गरी राजीनामा पेस गरेको स्पष्ट पारेका छन्। रास्वपा प्रवेश गरेर बालेनले झापा–५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । हाल उनी रास्वपाका वरिष्ठ नेता हुन् ।
रास्वपा कार्यालयमा बालेनलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । आजै जनकपुर जाने कार्यक्रम रहेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij