Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने प्रगतिशील लोकतान्त्रिक पार्टीको निर्णय

निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने प्रगतिशील लोकतान्त्रिक पार्टीको निर्णय


  • 883
    Shares

    निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने प्रगतिशील लोकतान्त्रिक पार्टीको निर्णय

    काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा आवश्यकताअनुसार निर्वाचन तालमेल गर्ने निर्णय गरेको छ । 

    पार्टीको अध्यक्ष परिषद्को बैठकले स्थानीय परिस्थिति र निर्वाचन क्षेत्रको सापेक्षता मूल्याङ्कन गरी घोषित तथा अघोषित दुवै किसिमको तालमेल गर्न प्रोत्साहन गर्ने निर्णय गरेको हो ।

    पार्टी केन्द्रीय कार्यालय सुविधानगरमा आइतबार अध्यक्ष सन्तोष परियारको अध्यक्षतामा सम्पन्न अध्यक्ष परिषद् बैठकले उक्त निर्णयसहित विभिन्न पाँच वटा प्रस्तावमाथि छलफल गरी निर्णय गरेको छ । बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन क्षेत्रका टिकट प्रदेश इन्चार्जहरूलाई पठाउने निर्णय पनि गरेको छ ।

    निर्वाचन प्रचार–प्रसारलाई प्रभावकारी बनाउन अध्यक्ष परिषद् सदस्य सन्तोष परियारको संयोजकत्वमा १०१ सदस्यीय बृहत निर्वाचन प्रचार–प्रसार समिति गठन गर्ने निर्णय गरिएको छ ।

     

     

    प्रकाशित मिति :माघ ४ २०८२ आइतवार - १५:४३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij