Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो

एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो


  • 862
    Shares

    एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ ।

    निर्वाचन क्षेत्र नं १ मा काजीमान कागते र क्षेत्र नं २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको छ । नेकपा एमालेको शनिबारको सचिवालय बैठकबाट १६५ मध्ये १४१ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट भएका हुन् ।

    नेम्वाङ निवर्तमान सङ्घीय सांसद हुन् भने कागते पूर्वप्रदेशसभा सदस्य हुन् । नेम्वाङ इलाम क्षेत्र नं २ बाट गत उपनिर्वाचनमा २७ हजार ७७२ ल्याएर विजयी भएका थिए। उम्मेदवार चयन भएका कागते कोशी प्रदेशसभाका पूर्वसदस्य हुन् ।

    निर्वाचन हुन अब ४६ दिन बाँकी छ । प्रत्यक्षतर्फ मनोनयन दर्ता यही माघ ६ गते हुनेछ । रासस

     

    प्रकाशित मिति :माघ ४ २०८२ आइतवार - १४:४३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij