Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

स्वास्थ्य बीमा बोर्डका निर्देशक रघुराज काफ्लेले दिए राजीनामा

स्वास्थ्य बीमा बोर्डका निर्देशक रघुराज काफ्लेले दिए राजीनामा


  • 820
    Shares

    स्वास्थ्य बीमा बोर्डका निर्देशक रघुराज काफ्लेले दिए राजीनामा

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएका छन् । उनले स्वास्थ्य मन्त्रालयमार्फत् प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् ।

    स्वास्थ्य बीमा भुक्तानीको दायित्व बढेर बोर्ड दबाबमा परेका बेला काफ्लेको राजीनामा आएको हो । ठूला सरकारी अस्पतालले सूचना नै निकालेर स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरिसकेका छन् ।

    कतिपय बन्द गर्ने तयारीमा छन् । सरकारले आवश्यक सहयोग नगर्दा बीमा कार्यक्रम नै संकटमा परेको छ । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ । तर अर्थ मन्त्रालयले यही मोडलमा बीमा कार्यक्रम चल्ने हो भने थप अनुदान दिन नसक्ने स्पष्ट पारेको छ ।

     

     

    प्रकाशित मिति :माघ ४ २०८२ आइतवार - १४:२०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij