२०८२ माघ ७ गते बुधवार
काठमाडौं । बालेन शाहले आफूले बुझाउन लागेको राजीनामा होल्ड गरेका छन् ।अन्तिम समयमा उनले राजीनामा होल्ड गरेका हुन् । उम्मेदवारी दर्ता गरेपछि स्वतस् पद खारेज हुने कारण पनि उनले राजीनामा होल्ड गराएका हुन् ।उनी निकटस्थहरूले आजै राजीनामा दिने तयारी गरेको बताएका थिए ।
बालेन निकट एक नेताले भने, ‘राजीनामा नदिइ उम्मेदवारी दर्ता गर्ने भनेर भनिहाल्न मिल्दैन । जेहोस् अन्तिम समयसम्म होल्ड गर्नुहुन्छ,’ ‘कांग्रेस अदालत गएको छ, त्यता केही होला, भोलि चुनाव सर्ने वा केही सम्भावना होला । यही अनिश्चितताले गर्दा अहिले राजीनामा होल्ड गरियो ।’
मेयर पदबाट राजीनामा नदिइ उनी घण्टीघर जान लागेका छन् । झापा–५ बाट चुनाव लड्ने तयारी गरेका बालेनले राजीनामा दिने तयारी गरेका हुन् । माघ ६ गते उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले समय तोेकेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij