Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन, आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन, आजै रास्वपा बैठकमा सहभागी हुने


  • 1.2K
    Shares

    काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन, आजै रास्वपा बैठकमा सहभागी हुने

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट रानीनामा दिँदै छन् । केहीबेरमा राजीनामा दिएर उनी आज दिउँसो २ बजे बस्ने रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने तयारीमा छन् ।

    रास्वपाको केन्द्रीय कमिटी बैठकबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवार टुंगो लगाइँदै छ । उम्मेदवार टुंगो लगाएर सभापति रवि लामिछाने र बालेन आजै जनकपुर जाने कार्यक्रम छ ।

    बालेन झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारीमा छन् । त्यसका लागि रास्वपाले सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।

    जेनजी आन्दोलनपछि उनी रास्वपा प्रवेश गरेका थिए । गत पुस १३ गते रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणासहित ७ बुँदे सम्झौता गरेका थिए ।

     

    images
    प्रकाशित मिति :माघ ४ २०८२ आइतवार - ११:१६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij