Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

माधवनारायण स्वस्थानीका व्रतालुहरू परदेश यात्राका क्रममा पशुपतिनाथमा (तस्विरहरु)

माधवनारायण स्वस्थानीका व्रतालुहरू परदेश यात्राका क्रममा पशुपतिनाथमा (तस्विरहरु)


  • 1.1K
    Shares

    माधवनारायण स्वस्थानीका व्रतालुहरू परदेश यात्राका क्रममा पशुपतिनाथमा (तस्विरहरु)

    काठमाडौं । एक महिने स्वस्थानी व्रतको परम्परा अनुसार व्रतालुहरू परदेश यात्रा अन्तर्गत आज बिहान पशुपतिमा पूजा गरेका छन्। बागमती नदीमा स्नान गरेर उनीहरूले नित्य पूजा गरेका हुन्।

    पौराणिक सहर साँखुमा सुरू भएको माधवनारायण स्वस्थानीका व्रतालुहरू मंगलबार साँझै पशुपतिनाथ आएका हुन्। एक महिने माधवनारायण स्वस्थानीका व्रतालु अनुष्ठानकर्ताहरू एवम् रितले उपत्यकाका अन्य नदी तलाउमा पनि यसैगरी पूजापाठ तथा स्नान गर्छन्।

    पौष शुक्ल पूर्णिमादेखि सुरू भएको व्रत माघ शुक्ल पूर्णिमासम्म लाग्नेछ। माधवनारायणको व्रत बस्ने व्रतालुले पूर्णिमाको अघिल्लो दिन हात र गोडाको नङ काटी, एकचित्त भई, निराहार बस्ने, पूर्णिमाको बिहानै नदीमा स्नान गरी पूजा गर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्ने प्रचलन छ।

    एक महिने व्रत अवधिमा अनुष्ठानकर्ताहरू पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शंखमूललगायत तीर्थस्थलमा पैदलयात्रामार्फत् दर्शनका लागि जाने गर्छन्।

    madavnarayan_pashupati4.jpg

    madavnarayan_pashupati3.jpg

    madavnarayan_pashupati2.jpg

    madavnarayan_pashupati1.jpg

    images
    प्रकाशित मिति :माघ ४ २०८२ आइतवार - १०:२६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij