Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सोनी भट्टराई गोरखा-१ बाट चुनाव लड्ने

सोनी भट्टराई गोरखा-१ बाट चुनाव लड्ने


  • 1.7K
    Shares

    सोनी भट्टराई गोरखा-१ बाट चुनाव लड्ने

    काठमाडौं । बालबालिकाको हकहित र संरक्षणका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएकी सोनी भट्टराई गोरखा-१ बाट चुनाव लड्ने भएकी छिन् ।

    पछिल्लो समय सामाजिक अभियन्ता मात्र होइन, युवा नेतृत्व र राजनीतिक सहभागिताको सशक्त अनुहारका रूपमा स्थापित हुँदै आएकी भट्टराई आगामी फागुन २१ मा हुने प्रनिनिधि सभा सदस्यका लागि चुनाव लड्ने भएकी हुन् ।

    गोरखा नारेश्वर घर भएकी भट्टराईलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) निकट व्यक्तिका रूपमा पनि चिनिन्छ। पार्टीभित्रको स्रोतका अनुसार उनलाई गोरखा-१ बाट उम्मेदवार बनाउने निर्णयमा बालेनको सिफारिस रहेको बताइन्छ।

    राजनीतिशास्त्र विषयमा अध्ययन गरेकी भट्टराई हाल नमुना युवा संसद अभ्यास कार्यक्रमकी केन्द्रीय प्रशिक्षकका रूपमा पनि क्रियाशील छन्। काठमाडौं महानगरपालिका बालअधिकार समितिकी विज्ञ सदस्यका रहेर काम गरिसकेकी भट्टराई बालबालिकाको हकहित र संरक्षणका क्षेत्रमा लामो समयदेखि कार्यरत छिन्। उनले बालअधिकार उल्लंघनका घटनामा हस्तक्षेप गर्दै संस्थागत सुधारका लागि आवाज उठाउँदै आएकी छन्।

    भट्टराई नेतृत्वको टिमले नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद रेखा शर्माको घरबाट नाबालिकाको उद्धार गरेको घटना त्यतिखेर चर्चाको विषय बनेको थियो। यसले बालअधिकार संरक्षणमा स्थानीय तहको जिम्मेवारी र सक्रियताको महत्वलाई समेत उजागर गरेको थियो। भट्टराई बालअधिकारका लागि राष्ट्रिय अभियानसँग आबद्ध रहँदै नीति निर्माण तहमा बालमैत्री दृष्टिकोण स्थापित गर्न निरन्तर पहल गरिरहेकी छन्। 

    उनका गतिविधिले बालअधिकार र युवाको सहभागितालाई एउटै धारमा जोडेको देखिन्छ।

    प्रकाशित मिति :माघ ३ २०८२ शनिवार - १९:४७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij