Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

काँग्रेस–एमालेलाई कमजोर बनाउन प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय शक्तिहरुसँग मिलेमतो छः महेश बस्नेत

काँग्रेस–एमालेलाई कमजोर बनाउन प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय शक्तिहरुसँग मिलेमतो छः महेश बस्नेत


  • 2.3K
    Shares

    काँग्रेस–एमालेलाई कमजोर बनाउन प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय शक्तिहरुसँग मिलेमतो छः महेश बस्नेत

    काठमाडौँ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले नेपाली काँग्रेसको विभाजनमा प्रधानमन्त्री सुशीला कार्की आफैँ संलग्न रहेको आरोप लगाएका छन् ।

    शनिवार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो आरोप लगाएका हुन् ।

    सचिव बस्नेतले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएर कानुन विपरीत काम गरेको जिकिर गर्दै त्यसलाई काँग्रेस र एमालेमाथिको प्रहारको रूपमा आफ्नो पार्टीले लिएको जिकिर समेत गरे ।

    उनले प्रधानमन्त्री कार्की र अन्तर्राष्ट्रिय शक्तिहरूले काँग्रेसलाई विभाजन गरेर रवि लामिछाने जस्तालाई बलियो बनाउने कुकर्म गरिरहेको समेत बताए ।

    उनले भने ‘जुन ढंगले सेटिङको आधारमा एक घण्टाको अन्तरालमा निर्वाचन आयोगले जे निर्णय गर्यो । त्यो बेठिक गर्यो भन्ने शेरबहादुर देउवाजीहरूले जे भन्नुभएको छ । त्यो कुरामा हाम्रो पनि समर्थन छ । र काँग्रेसको विभाजन भनेको लोकतन्त्र माथिको प्रहार हो । काँग्रेस र एमाले जस्तो शक्तिलाई कमजोर बनाउने र रवि लामिछाने जस्ता बलियो बनाउने कुरामा सुशीला कार्की लगायतका अन्तर्राष्ट्रिय शक्तिहरू जुन ढंगले लागेका छन् । यो निकै गम्भीर विषय हो भन्ने हाम्रो निष्कर्ष हो । यसलाई हामीले धेरै गम्भीरताका साथ हेरेका छौँ ।’

    सचिव बस्नेतले सरकारविरुद्ध पार्टीले आन्दोलन गर्नुपर्ने अवस्था आउने चेतावनी समेत दिए ।

    प्रकाशित मिति :माघ ३ २०८२ शनिवार - १६:५३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij