Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

ट्याक्टरले ठक्कर दिँदा १० वर्षीया बालिकाको मृत्यु

ट्याक्टरले ठक्कर दिँदा १० वर्षीया बालिकाको मृत्यु


  • 1.7K
    Shares

    ट्याक्टरले ठक्कर दिँदा १० वर्षीया बालिकाको मृत्यु

    सर्लाहीको हरकठ्वामा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। 

    गएराति धनकौल गाउँपालिका-५ हरकठवा गोठमा ना.४. त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय उमेश महतोकी १० वर्षीया छोरी गौरीकुमारी महतोको मृत्यु भएको हो।

    सडकमा पैदल हिँडिरहँदा हरकठ्वाबाट सिसौटतर्फ जाँदै गरेको ट्रयाक्टरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। 

    गम्भीर घाइते उनलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    बालिकालाई ठक्कर दिँने ट्रयाक्टरका चालक ३३ वर्षीय रामबिन सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

    बालिकाको शव हाल प्रादेशिक अस्पताल मलंगवामै राखिएको छ। 

    प्रकाशित मिति :माघ ३ २०८२ शनिवार - १५:२१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij