Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

काठमाडौं उपत्यकामा थप ६०६ जनामा कोरोना संक्रमण, ७ जना संक्रमितको मृत्यु 

काठमाडौं उपत्यकामा थप ६०६ जनामा कोरोना संक्रमण, ७ जना संक्रमितको मृत्यु 


  • 6.9K
    Shares

    काठमाडौं उपत्यकामा थप ६०६ जनामा कोरोना संक्रमण, ७ जना संक्रमितको मृत्यु 

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४७ महिला र ३५९ पुरुष गरी ६०६ जना कोरोना संक्रमित थपिएका छन् ।  योसँगै उपत्यकामा एक लाख ११ हजार ५४६ जना व्यक्ति संक्रमित भएका छन् ।

    स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ४४० , ललितपुरमा १२५ र भक्तपुरमा ४१ जनालाई  कोरोना संक्रमण देखिएको छ । त्यसैगरी, आज काठमाडौंमा २, ललितपुमा ३ र भक्तपुरमा २ जना गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    हालसम्म काठमाडौंमा मात्र ८९ हजार ७२८ जना संक्रमित भएका छन्, जसमध्ये ३९५ जनाको मृत्यु भएको छ । हालसम्म८३ हजार ३३७ जना निको भएका छन् । ललितपुरमा १३ हजार ६९८ जना संक्रमित भएका छन् ।

    जसमा १२० जना संक्रमितको मृत्यु भएको छ । ललितपुरमा १२ हजार ३२३ जना निको भएका छन् । भक्तपुरमा ८ हजार १२० संक्रमितमध्ये ९५ जनाको मृत्यु भएको छ। हालसम्म ७ हजार ७८५ जना निको भएका छन् ।

     

    प्रकाशित मिति :मंसिर १९ २०७७ शुक्रवार - १६:४८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij