Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

काँग्रेस विभाजित छैन तर आधिकारिक हामी नै हौँ: विश्वप्रकाश शर्मा

काँग्रेस विभाजित छैन तर आधिकारिक हामी नै हौँ: विश्वप्रकाश शर्मा


  • 1.3K
    Shares

    काँग्रेस विभाजित छैन तर आधिकारिक हामी नै हौँ: विश्वप्रकाश शर्मा

    काठमाडौं । गगन थापा नेतृत्वको नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली काँग्रेस विभाजन नभएको बताएका छन् । आधिकारिकता सम्बन्धि जानकारी दिनका लागी शुक्रबार निर्वाचन आयोगमा पुगेका शर्माले काँग्रेस एकिकृत रहेको बताएका हुन्। 

    उनले कांग्रेसको विधानअनुसार विशेष महाधिवेशनले नेतृत्व परिवर्तन मात्रै गरेको दाबी गर्नुभयो । विशेष महाविधशनले गरेको निर्णय अनुरुप आयोगले अद्यावधिक गर्नुपर्ने उनको भनाई छ । उनले काँग्रेसको विवादमा आयोगले राजनीतिक दल विभाजन सम्बन्धि कुनैपनि कानून आकर्षित नहुने उल्लेख गरेका छन् । 

    विशेष महाधिवेशन प्रतिनिधिहरुले गरेको महाधिवेशन नै वैधानिक र लोकतान्त्रिक प्रक्रिया भएको उनको भनाई छ । उनले विशेष महाधिवेशनले गरेको निर्णयलाई भ्रमपूर्ण प्रचार गरी पार्टी विभाजन गरिएको भनिएको आरोप पनि लगाएका छन्। उनले निर्वाचन आयोगलाई नै प्रभावमा पार्नेगरी आफूहरु पक्षको निर्णय नआए आन्दोलन गर्ने चेतावनी दिन गैरराजनितिक चरित्र भएको बताएका छन् । आयोगले निष्पक्ष रुपमा निर्णय गर्ने उनको विश्वास छ । 

     

    प्रकाशित मिति :माघ २ २०८२ शुक्रवार - १६:४४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij