२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसको गगन थापा सभापति भएको समूहलाई निर्वाचन आयोगको गेटमै रोकिएको छ । शुक्रबार सो समूह निर्वाचन आयो पुगे पनि गेटमै रोकिएको हो ।
शुक्रबार अपराह्न शेरबहादुर देउवा समूह पनि निर्वाचन आयोग पुगेको थियो । सो समूह आयोग भित्रै रहेकाले आफूहरू भित्र प्रवेश नगरेको थापा समूहकी केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् ।
देउवा समूह विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाको हस्ताक्षर फिर्ता गरेको प्रमाण बुझाउन निर्वाचन आयोगमा पुगेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij