Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

कोरोना खोपबारे डब्लुएचओ प्रमुखले गरे यस्तो खुलासा, अब के हुन्छ ?

कोरोना खोपबारे डब्लुएचओ प्रमुखले गरे यस्तो खुलासा, अब के हुन्छ ?


  • 6.3K
    Shares

    • images
    कोरोना खोपबारे डब्लुएचओ प्रमुखले गरे यस्तो खुलासा, अब के हुन्छ ?

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताउनु भएको छ । उहाँले सोमबार भन्नुभयो, पछिल्लो अवस्था हेर्दा विश्वमा खोप वितरणमा तिब्र विभेद छ ।

    पेरिस पिस फोरममा सम्बोधन गर्दै महासचिव घेब्रेससले भन्नुभयो, “मेरो विचारमा विश्व नै खोप विभेदको जोखिममा छ, र यो रङ्गभेदी छ । तपाईंलाई थाहै छ, उच्च आय भएका मुलुकहरुको जनसंख्या विश्व जनसंख्याको करिब १५%छन् तर विश्वमा उत्पादित खोपको झण्डै ४५% त्यहीँ छ । न्यून र न्यून–मध्यम आय भएका मुलुकहरुमा विश्वको झण्डै आधा जनसंख्या छ, तर खोप भने १७% मात्र उपलब्ध छ । खोप वितरणमा ज्यादै ठूलो अन्तर प्रष्टै देखिएको छ ।”

    उहाँले विश्वका १२४ वटा देशमा करिब ६३ लाख डोज खोप पठाइएको छ, तर यो खोप ती देशको कूल जनसंख्याको ०.५% मात्र रहेको बताउनुभयो ।

    खोप वितरणमा देखिएको यस किसिमको असमता हटाउन लगानी बढाउनुपर्ने, कोभाक्समा खोप उपलब्ध हुनुपर्ने तथा खोपको उत्पादन बढाउन प्रविधि हस्तान्तरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    महासचिव घेब्रेससले भन्नुभयो, “कतिपय उच्च आय भएका मुलुकहरुले आफ्ना बालबालिका र किशोर किशोरीलाई खोप दिन थालिसकेका छन्, जबकी विश्वका धेरै देशमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र अन्य जोखिम समूहमा रहेका व्यक्तिले खोप लगाउनै पाएका छैनन् ।”

    यसअघि, अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार आगामी छ हप्ताभित्रै आफूसँग रहेको आठ करोड डोज खोप उपलब्ध गराउने घोषणा गर्नु भएको थियो ।

    राष्ट्रपति बाइडेनले भन्नुभयो, “आज, विश्वलाई नै मद्दत गर्न हामी नयाँ उपाय अवलम्बन गर्दैछौं । विश्वभर कोरोनाभाइरस नियन्त्रणमा नआउँदासम्म हामी महामारीबाट सुरक्षित भइहाल्ने अवस्था छैन । जतिसुकै अग्लो पर्खाल बनाए पनि वा जतिसुकै फराकिलो समुद्रले पनि हामीलाई सुरक्षित राख्न सक्दैन ।”

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - १४:५२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij