Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त


  • 638
    Shares

    एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि तल्लो तहबाट आकाङ्क्षी उम्मेदवारको सिफारिस नाम प्राप्त गरेको छ ।

    जिल्ला हुँदै प्रदेश कमिटीले निर्वाचनका लागि पठाएको नाममा केन्द्रीय कार्यालयलाई प्राप्त भएको एमाले सचिव डा राजन भट्टराईले जानकारी दिएका छन् । उनले अनुसार चाँडै नै निर्वाचन लागि प्राप्त भएका उम्मेदवारका विषयमा टुङ्गो लगाइने बताएका छन् ।

    “सबै जिल्ला हुँदै प्रदेश कमिटीबाट आगामी निर्वाचनका लागि उम्मेदवारका नाम आएका छन्”, उनले भने, “कुनै निर्वाचन क्षेत्रबाट एकल र कुनैबाट एकभन्दा बढी उम्मेदवारको नाम सिफारिस भई आएका छन्, हामीले चाँडै नै निर्वाचन क्षेत्रबाट उठ्ने उम्मेदवारको नाम टुङ्गो लगाउँछौँ ।”   

    एमालेले कम्तीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । कुनै कुनै निर्वाचन क्षेत्रबाट तीनभन्दा पनि बढी उम्मेदवारको नाम जिल्ला कमिटीले सिफारिस गरी पठाएका उनको भनाइ रहेको छ । निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका रहेको छ ।

     

    प्रकाशित मिति :माघ २ २०८२ शुक्रवार - १२:५४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij