Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

रास्वपा केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडी तोडफोड

रास्वपा केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडी तोडफोड


  • 799
    Shares

    रास्वपा केन्द्रीय सदस्य  प्रकाशचन्द्र परियारको गाडी तोडफोड

    काठमाडौं । गोरखामा रोकेर राखेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडीमा तोडफोड गरिएको छ । भिमसेन थापा गाउँपालिका–३ मा अज्ञात व्यक्तिले गए राति गाडी तोडफोड गरेका हुन् । 

    परियारले आफ्नो गाडी तोडफोड भएको बारेमा प्रहरीलाई जानकारी गराएका छन् । चउरमा रोकेर राखेको अवस्थामा गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताएका छन् ।

    बिहीबार गोरखामा माघे सङ्क्रान्तिको अवसरमा गोरु जुधाई र फुटबल कार्यक्रम थियो । गाडीको पछाडिको भागको सिसा फुटाइएको छ । गाडी तोडफोड गर्नेबारे अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् ।

     

    प्रकाशित मिति :माघ २ २०८२ शुक्रवार - ११:५८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij