२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।
आज दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा पछिल्ला पार्टीका गतिविधि, गगन थापा -विश्वप्रकाश शर्माको विशेष महाधिवेशनको विद्रोह, निर्वाचन, पार्टीका गतिविधिबारे जानकारी गराइने बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij