Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

झापामा सवारी दुर्घटना, बालकको मृत्यु

झापामा सवारी दुर्घटना, बालकको मृत्यु


  • 694
    Shares

    झापामा सवारी दुर्घटना, बालकको मृत्यु

    काठमाडौं । कनकाई नगरपालिका-३ नयाँ बस्तीस्थित पूर्व-पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

    बिर्तामोडबाट माईधारतर्फ गइरहेको मे १ च ४५१५ नम्बरको मालबाहक गाडी र माईधारबाट बिर्तामोडतर्फ आइरहेको ना ५ ख २१४९ नम्बरको बस एकआपसमा ठोक्किँदा पिकअपमा सवार १८ महिनाका आरुत राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

    घाइतेमध्ये केहीको अवस्था गम्भीर, छ । दुर्घटनापछि फरार बस चालकको खोजी भइरहेको छ भने मालबाहक गाडीका चालक बिर्तामोड नगरपालिका-६ का ३९ वर्षीय जाकिर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :माघ १ २०८२ बिहिवार - १२:१३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij