Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ जना सामान्य घाइते

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ जना सामान्य घाइते


  • 771
    Shares

    सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ जना सामान्य घाइते

    काठमाडौं । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । 

    विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको  को१ख ४५४१ नम्बरको ट्रङ्क हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको सोनियाहीमा अनियन्त्रित भई पल्टिँदा ५ जना मजदुरको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार विराटनगरबाट टायल र मार्बल लोड गरी सप्तरीको राजविराजतर्फ जाँदै गरेको ट्रक पल्टदा पछाडि सामानमाथि बसेका ५ जना मजदुरलाई टायल र मार्बल थिचिएका पाँचै जनाको घटनास्थलमै मृत्यु भएको उनले बताएका छन् ।

    दुर्घटनामा ज्यान गुमाउनेहरू सबै सुनसरीको बर्जु गाउँपालिका वडानम्बर १ का बासिन्दा रहेका छन् । ट्रकमा सवार ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङको मृत्यु भएको हो ।

    ट्रकमा चालकसहित जम्मा ९ जना सवार थिए । जसमध्ये चालकको क्याबिनमा ४ जना र पछाडि सामानमाथि ५ जना बसेका थिए । अगाडि क्याबिनमा सवार ४ जनामध्ये ३ जना सामान्य घाइते भएका छन् । चालक भने फरार छन् । घाइतेहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको खड्काले बताएका छन् ।

    प्रकाशित मिति :माघ १ २०८२ बिहिवार - १०:५५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij