२०८२ माघ ७ गते बुधवार
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको दोस्रो विशेष महाधिवेशन जारी छ । बुधबार महाधिवेशनस्थलमा प्रतिनिधिहरूले नाचगान गर्दै उत्साहपूर्ण वातावरण सिर्जना गरेका छन्।
केन्द्रीय कार्यालयमा बसेको शेरबहादुर देउवा पक्षको बैठकले महामन्त्रीद्वय गनगकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई कारबाही गरेको थियो । यता भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा भने निर्वाचन प्रक्रिया जारी छ ।
अहिले बन्दसत्र हलमा पार्टीका शीर्ष नेताहरू शेरबहादुर देउवालगायत विरुद्ध नाराबाजी लगाइरहेका छन् । गगन थापा, विश्वप्रकाश शर्मासहितको नाममा जिन्दावाद भन्दै नाचगान गरिरहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij