२०८२ माघ ७ गते बुधवार
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)का संयोजक सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । बुधवार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले उहाँलाई पार्टीमा स्वागत गरेका हुन् ।
सायमी चर्चित गुठी आन्दोलनको नेता हुन्। त्यसैगरी उनले काठमाडौंमा विभिन्न खालका सामाजिक जागरण अभियानको पनि नेतृत्व गर्दै आएका छन् ।
राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) सँग भ्रष्टाचार नियन्त्रण, गुठी आन्दोलन, सहकारी आन्दोलनको मर्मअनुसार अघि बढने संकल्पसहितको समझदारी गरिएको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij