Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

केन्द्रीय कार्य समितिमा पूर्णबहादुर : अब पार्टी फुटमा जाने करिब निश्चित छ, महामन्त्रीहरूले धोका दिए

केन्द्रीय कार्य समितिमा पूर्णबहादुर : अब पार्टी फुटमा जाने करिब निश्चित छ, महामन्त्रीहरूले धोका दिए


  • 1.7K
    Shares

    केन्द्रीय कार्य समितिमा पूर्णबहादुर : अब पार्टी फुटमा जाने करिब निश्चित छ, महामन्त्रीहरूले धोका दिए

    काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधरले सहमतिमा ल्याइएको कार्यतालिकामा धोका दिएको बताएका छन्।

    बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा खड्काले ब्रिफिङ गर्दै भने, “महामन्त्रीहरूसँगको सहमतिमा कार्यतालिका ल्याएको हुँ, तर जे जे काम गर्दा भ्याएन भने त्यसलाई सार्ने सहमतिमा धोका भएको छ।” उनले 

    बैठकमा खड्काले विशेष महाधिवेशन पक्षधरले तीनवटा महत्वपूर्ण अडान छोड्न नसकेको बताए। उनका अनुसार, “महामन्त्रीहरूले प्रधानमन्त्री घोषणा, देउवाजी राजनीतिबाट सन्यास लिने र हाइकमाण्ड बनाउने विषयमा अडान छाडेनन्। अरु सबै माग पूरा हुने भए पनि यी तीन विषयमा सहमति हुन सकेको छैन।”

    खड्काले बैठकमा भने, ‘अब पार्टी फुटमा जाने करिब निश्चित छ,’ महामन्त्रीहरूले प्रधानमन्त्रीको उम्मेदवार घोषणा, सभापतिको राजनीतिक सन्यास र निर्वाचन हाइकमान्ड बनाउने प्रस्ताव गर्नु भएको हो । यसमा केही विषय मिल्नै नसक्ने खालका भए ।’

    विशेष महाधिवेशन पक्षधरहरूसँग संस्थापनका नेताहरूले पटकपटक वार्ता गरेका थिए । अन्तिम पटक विशेष पक्षधरहरूले विभिन्न ८ वटा बुँदासहितका शर्त अघि सारेका थिए ।

     

    images
    प्रकाशित मिति :पौष ३० २०८२ बुधवार - १५:२३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij