Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

नेशनल लाइफको ३८औँ वार्षिक साधारणसभा सम्पन्न

नेशनल लाइफको ३८औँ वार्षिक साधारणसभा सम्पन्न


  • 505
    Shares

    नेशनल लाइफको ३८औँ वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा सभा काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।

    सभाले आर्थिक वर्ष २०८१\८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभांश अनुमोदन गरेको छ । लाभांश प्रयोजनार्थ छुट्याइएको करबापत ०.६६ प्रतिशतले हुन आउने नगद लाभांश पनि सभाले स्वीकृत गर्नेछ।

    आर्थिक वर्ष २०८१\०८२ मा कम्पनीको ब्यवसाय सन्तोषनजनक रहेको छ । कम्पनीको कूल बीमाशुल्क १०.२६ प्रतिशतले बृद्धि भई रु.२,२५९.३७ करोड पुगेको छ । समिक्षा वर्षको संचालनवाट जम्मा रु.१,४९८.५९ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १८.८३ प्रतिशतले बृद्धि भई वर्षान्तमा रु.९,४५८.७७ करोड पुगेको छ । यसै गरी कम्पनीले समीक्षा वर्षमा मृत्यु दावी, अवधि समाप्ती एवं आंशिक अवधि समाप्ती दावी, सर्मपण मूल्य, दावी एंव अन्य दावी भुक्तानीमा रु. ९४८.६५ करोड दावी भुक्तानी गरेको छ । 

    कम्पनीले मर्चेण्ट बैंकरको रुपमा प्रवर्धन गरेको सहायक कम्पनी नेशनल क्यापिटल लि.ले आवश्यक ईजाजतपत्र प्राप्त गरी संचालनमा आएको छ र आ.व.२०८१\०८२ को लागि पहिलो पल्ट ७ प्रतिशत नगद लाभांश वितरण गरेको छ । 

    कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खूद नाफाको १ प्रतिशत बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व शीर्षक अन्तर्गत कम्पनीले विशेष गरी स्वास्थय र शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ ।

     

    प्रकाशित मिति :पौष ३० २०८२ बुधवार - १३:१५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij