२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । विराटनगरको विराट शिक्षण अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ।
सोमबार राति करिब ७ बजे एक बिरामीका आफन्तले डाक्टर, चिकित्सक, सुरक्षाकर्मीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईले जानकारी दिए।
राति बूढीगंगा गाउँपालिका-की गोमादेवी श्रेष्ठ अस्पतालमा भर्ना भएकी थिइन्। उनी सुगर प्रेसरकी बिरामी भएको डिएसपी राईले बताए। उनको उपचारमा स्वास्थ्यकर्मीहरूले हेलचक्र्याइँ गरेको भन्दै कुटपिट गरेको राईले बताए।
'बिरामीलाई उपचार गराउन ल्याउँदा चिकित्सकहरूले हेलचक्र्याइँ गरेको भनेर कुटपिट भएको देखिन्छ,' डिएसपी राईले भने।
प्रहरीले कुटपिट गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा अनिष श्रेष्ठ र निशल श्रेष्ठ छन्। उनीहरू बिरामीका नातीहरू हुन्। चिकित्सकहरू घाइते नभएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij