२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालले शपथ लिएका छन् । जेष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग उनीहरूले शपथ लिएका हुन् ।
उनीहरूले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन् । पार्टी एकता जोगाउने, स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन बिताउने लगायतका विषय छन् ।
तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । नवगठित पार्टीको केन्द्रीय सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिँदैछन् ।
शपथपछि जेष्ठ सदस्य प्रसाईंले संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई परिचयपत्र समेत हस्तान्तरण गरेका छन् । अब उनीहरूले अन्य केन्द्रीय सदस्यहरूलाई शपथ गराउनेछन् । २४९९ केन्द्रीय सदस्यलाई शपथ खुवाउने तयारी छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij