२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । भारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन् ।
दिल्लीस्थित नेपाली दूतावासका प्रहरी सहचारी एसएसपी प्रकाश मल्लका अनुसार उक्त घटनामा केही नेपाली पनि परेको भन्ने सूचना आफूले पाएको र यसबारेमा भारतीय प्रहरीसँग समन्वयमा भइरहेको छ ।
आगलागीका उक्त घटनामा ३ जनाको शव फेला परेको छ भने अन्य ६ जना बेपत्ता छन् । घटनामा केही नेपाली र बिहारका मानिस परेको हुन सक्ने आशंका भारतीय अधिकारीहरूको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij