Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

वार्ता स्थलबाट प्रदीप पौडेलले भने, हामी एकताबद्ध, परिवर्तित र सबल नेपाली काङ्ग्रेसको पक्षमा छौँ ।’

वार्ता स्थलबाट प्रदीप पौडेलले भने, हामी एकताबद्ध, परिवर्तित र सबल नेपाली काङ्ग्रेसको पक्षमा छौँ ।’


  • 974
    Shares

    वार्ता स्थलबाट प्रदीप पौडेलले भने, हामी एकताबद्ध, परिवर्तित र सबल नेपाली काङ्ग्रेसको पक्षमा छौँ ।’

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बाध्यात्मक परिस्थितिका कारण हुन लागेको विशेष महाधिवेशनले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यो महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्व सुनिश्चित गर्ने दाबी गरेका हुन्। 

    पौडेलले लेखेका छन्, ‘बाध्यात्मक परिस्थितिले सृजना गरेको विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्व सहित नेपाली काङ्ग्रेसलाई अझ एकताबद्ध बनाउनेछ ।  हामी एकताबद्ध, परिवर्तित र सबल नेपाली काङ्ग्रेसको पक्षमा छौँ ।’

    कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधरबिच वार्ता भइरहेका बेला पौडेलले यस्तो धारणा राखेका हुन्। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबिच वार्ता जारी छ । 

    जारी विवाद समाधानको लागि भन्दै विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र संस्थापन पक्षले वार्ता समिति बनाएको थियो ।

    संस्थापन र शेखर कोइरालाका तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल वार्ता समितिमा रहेका छन् । 

     

    images
    प्रकाशित मिति :पौष २९ २०८२ मंगलवार - १०:४३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij