Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

एन्फाको निर्वाचन प्रक्रिया तत्कालका लागि रोक्न अदालतको अल्पकालीन अन्तरिम आदेश

एन्फाको निर्वाचन प्रक्रिया तत्कालका लागि रोक्न अदालतको अल्पकालीन अन्तरिम आदेश


  • 1.5K
    Shares

    एन्फाको निर्वाचन प्रक्रिया तत्कालका लागि रोक्न अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति निर्वाचन प्रक्रिया तत्कालका लागि रोकिएको छ । उच्च अदालत पाटनले आगामी माघ २८ गतेका लागि तय गरिएको निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यहरू तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

    उच्च अदालत पाटनका न्यायाधीश कृपासर कार्कीको एकल इजलासले सोमबार सो आदेश जारी गरेको हो । निर्वाचन रोक्न माग गर्दै अमित खत्रीले राष्ट्रिय खेलकुद परिषद् लगायतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गरेका थिए । 

    नयाँ पत्रिका दैनिकमा पुस २१ गते प्रकाशित सूचना अनुसार अघि बढाइएको उम्मेदवारी दर्ता फारम बुझ्नेलगायत निर्वाचन सम्बन्धी कुनै पनि कार्य नगर्न र नगराउन अदालतले विपक्षीहरूको नाममा आदेश दिएको छ । अदालतले अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा दुवै पक्षलाई छलफलका लागि आगामी माघ ६ गते बोलाएको छ ।

    प्रकाशित मिति :पौष २८ २०८२ सोमवार - १७:१९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij